अब स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीसंगै आवश्यक परे सुरक्षाकर्मी पनि

कान्ति अस्पतालको आकस्मिक कक्षमा बिरामी बच्चाको जाँच गर्दै पीपीई लगाएका चिकित्सक

काठमाडौँ, २२ चैत । कोरोना भाइरस( कोभिड – १९)को संक्रमण बढदो क्रममा रहेका बेला सरकारले स्वास्थ्यकर्मीको स्वास्थ्य र शारीरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

शनिबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोनाको उपचारमा खटिने चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएर मात्रै उपचारमा खटाउने निर्णय भएको बताए ।

उनले स्वास्थ्य सुरक्षा सामग्री बाहेक उपचारमा स्वास्थ्यकर्मीको शारीरिक सुरक्षाको लागि आवश्यक परेको खण्डमा सुरक्षाकर्मी (प्रहरी)को समेत प्रवन्ध गरिने जानकारी दिए । उनले सोको व्यवस्थापन स्थानीय प्रशासनले गर्ने बताए ।

उनले उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा बाधा व्यवधान गर्ने जो सुकैलाई नियन्त्रणमा लिई प्रचलित कानून अनुसार कारवाही गर्न निर्देशन दिइएको समेत बताए ।

पछिल्लो समय कतिपय अस्पतालमा तथा क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि दुव्र्यहार तथा आक्रमणको प्रयास भएको खबर आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *