बागलुङ, कैलाली र कंचनपुरमा र्‍यापिड टेष्ट किटबाट कोभिड -१९ को परीक्षण गर्ने सरकारको निर्णय

280
Shares

काठमाडौँ, २२ चैत ।  सरकारले बागलुङ, कैलाली र कंचनपुरमा र्‍यापिड टेष्ट किटबाट कोभिड १९ को परीक्षण गर्ने निर्णय गरेको छ । यी जिल्लाहरुमा संक्रमितको संख्या बढी हुन सक्ने भन्दै सरकारले र्‍यापिड टेष्ट किट मार्फत कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता डा युवराज खतिवडाले तीन जिल्लामा र्‍यापिड टेष्ट किट प्रयोगमा ल्याई एकैपटक धेरैको परीक्षण गर्ने योजनामा सरकार लागेको बताए ।

सरकारले यसैसाता चीनबाट ७५ हजार थान र्‍यापिड टेष्ट किट खरीद गरेको थियो । स्वासथ्य तथा जनसंख्या मन्त्रालयले महामारी फैलिएको अवस्थामा एकैपटक धेरैको जाँच गर्न पर्‍यो भने र्‍यापिड टेष्ट किट प्रयोगमा ल्याउने बताएको थियो ।

बागलुङमा दुई जना, कैलालीमा चार जना र कंचनपुरमा १ जनामा कोरोना भाइरस पोजेटिभ देखएिको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *