त्रिवि शिक्षण अस्पतालमा अर्थोपेडिक र इएनटीको सबै सेवा स्थगित

काठमाडौँ, २२ चैत । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अर्थोपेडिक सेवा र इएनटीको सबै सेवा रोकिएको छ । अस्पतालले यी दुई सेवा हुने गणेशमान भवनमा संकास्पद कोरोना भाइरस (कोभिड – १९) विरामीलाई राख्ने आइसोलेसन वार्ड बनाएका कारण ती सेवा रोकिएको हो ।

‘हामीले गणेशमान भवनको भुई तल्लामा आठ बेड कोभिड १९ का संकास्पद तथा पोजेटिभ विरामीका लागि आइसोलेसन वार्ड बनाएका छौँ । त्यसैले ती स्थानबाट हुने सेवा रोकिएको छ,’ त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम खड्गाले भने ।

उनले इएनटीको ओपिडी तथा शल्यक्रिया सोही भवनमा रहेको र अर्थोको शल्यक्रिया कक्ष पनि सोही भवनमा रहेको र त्यहाँ कोरोनाका लागि बेड छुट्याउन पर्ने भएपछि तत्कालका लागि सेवा रोकिएको बताए ।

‘अर्थोको ओपिडी बन्द गरिएको छ । सामान्य चोटपटक लागेका इमरजेन्सीमा प्रारम्भिक सेवा त हुन्छ नै त्यस त्यसबाहेकका अरु सेवाका लागि अन्य अस्पताल जानुपर्ने बाध्यता छ अहिले,’प्राडा खड्काले अगाडी थपे, ‘चोटपटक लागेकाहरुको सामान्य प्लास्टर गर्न पनि अहिले सकिदैन ।’

उनले फिवर क्लिनिकमा परीक्षण पश्चात कोरोना हो कि भन्ने लागेमा आइसोलेसनमा राख्ने र परीक्षणका लागि थ्रोट स्वाव टेकु पठाउने व्यवस्था गरेको छ ।

नर्सहरुलाई एक साताको डिउटी, अस्पतालमै बास
आइसोलेसन वार्डमा खटिने नर्सका लागि अस्पतालले गणेशमान भवनको माथिल्लो तल्लामा नर्सहरुको लागि क्वाटर बनाएको छ । हरेक समूहलाई लगातार सात दिन त्यहि बसेर डिउटी गर्नुपर्ने व्यवस्था मिलाएको छ । धेरै पटक आइजाई गर्नु भन्दा एकैपटक धेरै बसेर काम गर्दा भाइरसको जोखिम कम हुने डा खड्गाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *