नेपालमा कोरोना अपडेट : एकै दिनमा देखिएको सबैभन्दा बढी केश, पहिलो पटक ‘लोकल ट्रान्समिसन’

काठमाडौँ, २२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमणमा पर्नेको संख्या ९ पुगेको छ । तर एक जना निको भएर घर फर्किसकेका छन् । त्यसैले कोरोना भाइरस पोजेटिभको कुलसंख्या ८ रहेको छ ।

शनिबार सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा गरी थप तीन जना व्यक्तिमा कोभिड १९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

धनगढीकी ३४ बर्षीया स्थानीय महिला, लम्की कैलालीका २१ बर्षीय पुरुष र कञ्चनपुरका ४१ बर्षीय पुरुष छन् । यी दुई पुरुष क्रमश भारतको मुम्बई र उत्तराखण्डबाट आएका हुन् । एकै दिन यति धेरै केश देखिएको नेपालमै पहिलो पटक हो । शनिबार सबेरै केश पोजेटिभ देखिएपछि संक्रमित तीन जनालाई नै अहिले सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

लोकल लोकल ट्रान्समिसन पछि खतरा झन् बढ्यो
एउटै परिवारको सदस्यमा देखिएपछि यसलाई लोकल ट्रान्समिसन ( स्थानीय संक्रमण) भनिने गरिन्छ । अब कम्युनिटी ट्रान्समिसन देखियो । यसले नेपालको अवस्था पहिलोबाट दोस्रो चरणमा प्रवेश गरयो । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने ।

‘अहिलेसम्म आयातित केश थियो । त्यसैले हामी अलि ढुक्क थियौँ तर अब ढुक्क हुने अवस्था छैन् । अब एक परिवारको एक व्यक्ति देखि अर्को व्यक्तिमा सरेको छ । यसले खतरा एक स्टेप बढ्यो,’ उनले भने ।

डा पुनले अब स्थानीय तहमा लकडाउन गर्ने र ट्रयासिङलाई थप प्रभावकारी बनाएर परीक्षणलाई अघि बढाउन ढिलाई गर्न नहुने बताए ।

नेपालमा लकडाउन शुरु हुनै लाग्दा सुदूरपश्चिम प्रदेशमा भारतबाट ठूलो संख्यामा नेपाल भित्रिएका छन् । उनीहरु कतिपय क्वारेन्टाइनमा बसेका छन् कतिपय आफ्ना गाँउमा गएका छन् । यसले सुदूरपश्चिममा थप खतरा पैदा गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *