कैलाली र कन्चनपुरमा गरी थप तीन जनामा कोरोना भाइरस पोजेटिभ, एक जनामा देखियो स्थानीय संक्रमण

46.7k
Shares

काठमाडौँ, २२ चैत । पश्चिम नेपालको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण देखिएको छ भने अरु दुई जना बाहिय संक्रमित हुन् ।

स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित व्यक्तिका भाउजु हुन् । ३४ बर्षीया महिलामा यो संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको स्थानीय तहमा समेत संक्रमण देखा पर्न सुरु गरेको छ ।

आठौँ केश लम्की कैलालीका पुरुषमा देखिएको छ । २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा रहेका थिए ।

नवौँ केश पेरकोट कञ्चनपुरका ४१ बर्षीय पुरुषमा देखिएको छ । उनी भारतको उत्तराखण्डबाट नेपाल आएका हुन् । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

गयराती १२ बजे नै केश पोजेटिभ देखिएपछि तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याएर आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *