लकडाउनको अवधी बढाउन स्वास्थ्यका विज्ञहरुको सुझाव

काठमाडौँ, २२ चैत । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

शुक्रबारको बैठकमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, बरिष्ठ छातीरोग विशेषज्ञ प्राडा अर्जुन कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, प्राडा सरद वन्त, डा केदार वराल, डा सुशीलचन्द्र बराल लगायतका स्वास्थ्यक्षेत्रका विज्ञहरुसंग स्वास्थ्य मन्त्रालयको टिमले छलफल गरेको थियो ।

मन्त्रालयका तर्फबाट मन्त्री भानुभक्त ढकाल, राज्यमन्त्री नवराज रावत, सचिव यादवप्रसाद कोइराला, प्रमुख विशेषज्ञ,महानिर्देशक तथा महाशाखा प्रमुखहरुको सहभागिता थियो ।

‘सबैको निस्कर्ष लकडाउनको अवधी एक साता थप गर्ने र त्यसपछि पनि अवस्था हेरेर निर्णय लिनुपर्ने भन्ने थियो,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले भने । उनले आउदो साता नेपालका लागि अति नै चुनौतीपूर्ण रहेको र यो अवधीमा देखिने केशका आधारमा थप घोषणा हुने वा नहुने भन्ने निस्कर्ष निस्कने बताए ।

बैठकको निस्कर्ष अनुसार लकडाउनको अवधी थप्न स्वास्थ्यले अब उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा भएको उच्चस्तरीय समितिलाई सुझाव दिने योजनामा रहेको छ ।

पछिल्लो दुई साताको अवधीमा नेपालमा कोभिड – १९ को ६ वटा नयाँ केश फेला परेको छ ।

यहि अवधीमा भारतबाट ठूलो संख्यामा मानिस प्रवेश गरेको र तेस्रो मुलुकबाट आएकाहरुको सम्पर्कमा रहेकाहरु सबैको समेत पहिचान नभइसकेकोले चुनौती थपिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *