कान्तिमा आइसीयू खालि छ कि छैन ? सबैले हेर्न मिल्ने गरी राखियो मोनिटर

काठमाडौँ, २० चैत । कान्ति बाल अस्पतालमा सधै जसो देखिने समस्या हो आइसीयू बेड । इमरजेन्सी ल्याइएका कतिपय बिरामी बालबालिकालाई आइसीयू चाहिने तर छ कि छैन् भन्ने विषयमा सधै विवाद हुने ।

कतिपय बिरामी बालबालिकाका आफन्तले डाक्टरमाथि आफूकहाँ भएको आइसीयू लुकाएर बच्चालाई निजी अस्पतालमा रिफर गरेको भन्ने सम्मको आरोप पनि लगाउने । तर अव भने कान्तिका डाक्टरमाथि लाग्ने त्यस्ता आरोप न्युन हुने अपेक्षा गरिएको छ ।

अस्पतालले कान्तिमा कुन कुन विधाका कति आइसीयू बेड छ ? त्यसमध्ये कति खाली छ ? र कति प्रयोगमा छ  ? भनेर सबैले हेर्न मिल्ने गरी इमरजेन्सी अगाडी रियल टाइम डिस्प्ले मोनिटर राखेको छ ।

‘यो डिस्प्ले मोनिटरबाट अब हरेक व्यक्तिले कान्तिमा कुल कति बेड छ ? ती मध्ये खाली छ कि छैन् भनेर हेर्न सक्नेछन् । आफैले स्पष्ट देखेपछि त झगडा र आरोप लगाउने क्रम केही कम होला कि भन्ने छ,’ अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले भने ।

उनले विरामी भर्ना भए भरी छ भन्ने र खाली हुनासाथ कति खाली छ भनेर देखिने बताए । डिस्प्ले मोनिटरबाट अब हेरेर विरामी र तिनका आफन्तहरुले निर्णय लिन सक्नेछन्,’ उनले भने । 

डा. पौडेलले यो योजना तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको पालामा शुरु भएको तर पूर्ण हुन नसकेको जानकारी दिए । ‘त्यसबेलाका अध्यक्ष सुवोधराज आचार्यले पहल गर्नु भएको हो । तर त्यो के कारणले हो पुरा हुन सकेको रहेनछ । अहिले हामीले पुरा गरयौँ,’ उनले भने ।

कान्तिमा एनआईसीयू १२, एनआईएमसीयू १५, पीआईसीयू १०, पीआईएमसीयू ८, एसआईसीयू ७ गरी ५२ वेड छन् । एनआईसीयूमध्ये २ बेड कोरोना आईसोलेसनका लागि छुट्याइएको छ । त्यसैले अहिले १० बेड एनआईसीयू सञ्चालनमा रहेको डा. पौडेलले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *