मेडिकल सामग्री लिन नेपाल बायुसेवाको वाइडबडी चीन जाँदै

4
Share

काठमाडौँ, २० चैत । ओम्नी ग्रुपसंग सम्झौँता रद्ध गरे लगत्तै अन्य व्यापारीले चीनबाट मेडिकल सामग्री ल्याउन लागेका छन् । करीब ३० टन मेडिकल सामग्री लिन नेपाल वायूसेवा निगमको वाइडबडी (एयरबस ए -३३०) जहाज आज ११ बजे चीनको ग्वाङ्जाओ तर्फ उड्दै छ ।

पर्यटन सचिव केदारबहादुर अधिकारीले वाइडवडी विमान चीन जान लागेको पुष्टि गरे । उनले ११ बजे फ्लाइट सेड्युल रहेको बताए ।

अहिले ल्याउन लागिएको सामान मेडिकल सामग्री सप्लायर विशाल पण्डित समूहको हो । उनको हस्पिटेक प्रालि सहित अरु केही कम्पनीले जम्मा गरेको सामग्री ल्याउन लागिएको हो ।

पण्डितले मेडिकल सामग्री ल्याउन लागेको कुरा पुष्टि गरे । ‘वाइड बडी विमानमार्फत हामीले सामग्री ल्याउन लागेका छौँ । मेरो मात्रै होइन हामी २० – २५ जना साथीहरुले जम्मा गरेको सामान छ । त्यो सामान भोली विहान ४ – ५ बजेसम्म काठमाडौँ आउँछ,’ उलने भने ।

मेडिकल सामग्रीमा फुल सेटपीपीई, एन-९५ मास्क र इन्फाइराइड थर्मामिटर मुख्य प्राथमिकता दिइएको समेत पण्डितले बताए ।

ओम्नी ग्रुपसंग सम्झौँता तोडने निर्णयसंगै कतिपयले बजारमा मेडिकल सामग्री हाहाकार हुने त होइन भन्ने चिन्ता जाहेर गरेका छन् । तर स्वास्थ्यका अधिकारीहरुले त्यस्तो नहुने बताउँदै आएका थिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बुधबार विहीबार (आज)बाट नयाँ सम्झौँताको प्रक्रिया अघि बढेको र तीन दिनभित्र सम्झौँता गरी ५ दिनमा सामान उपलव्ध गराउने गरी सम्झौँता हुने बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *