कोभिड-१९ परीक्षण : पछिल्लो चौविस घण्टामा ७३ जनाको परीक्षण, ९९ जना आइसोलेसनमा

काठमाडौँ, १९ चैत । नेपालमा पछिल्लो चौविस घण्टामा ७३ जनाको कोरोना भाइरस ( कोभिड – १९) परीक्षण भएको छ । उक्त परीक्षणको नतिजा सबै नेगेटिभ छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म १ हजार १३३ जनाको परीक्षण भएको बताए । उनले देशभरका आइसोलेसनमा ९९ जना रहेको जानकारी दिए ।

चौथो संक्रमितको पनि नमूना ल्याइयो

प्रवक्ता डा देवकोटाले सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित चौथो व्यक्तिको दोस्रो पटक परीक्षणका लागि स्वाव लिइएको भन्दै उनीसंग सम्पर्क भएका परिवारका १२ जनाको पनि थ्रोट स्वाव संकलन गरिएको बताए ।

पोखरामा ४ जना, धरानमा १२ जनाको परीक्षण
यसैबीच प्रवक्ता देवकोटाले पोखरामा आज ४ जना र धरानमा पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना परीक्षण भएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *