‘सम्झौँता अनुसारको मेडिकल सामग्री आयो कि आएन ?’ अनुमगन गर्न बन्यो समिति

484
Shares

काठमाडौँ, १८ चैत । सरकारले कोरोना भाइरसको उपचार तथा रोकथाम लागि आवश्यक मेडिकल सामग्री सम्झौँता अनुसार प्राप्त भयो कि भएन ? भनि अनुगमन गर्न समिति गठन भएको छ ।  मंगलबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले समिति गठन गरेका हुन् ।

विभागका उपसचिव इन्द्र गौतमको संयोजकत्वमा तीन सदस्यीय समितिमा बरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्द र बरिष्ठ स्वास्थ्य प्रशासक डा झलक गौतम सदस्य रहेका छन् ।

द्रुत खरीद प्रक्रियाबाट सामान उपलव्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै साता ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)संग करीब १ अर्व २४ करोड बराबरको सम्झौँता गरेको थियो ।

सो सम्झौँता अनुसार उक्त कम्पनीले आइतबार पहिलो लटको सामग्री समेत ल्याएको छ । तर उसले सम्झौँता मुताविकको परिमाणमा सामान ल्याउन नसकेको स्रोतले बताएको छ ।

समितिलाई सम्झौँता अनुसार सामान आयो कि आएन ? भन्ने मात्रै अनुगमन गरि प्रतिवेदन बुझाउन भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *