वीर अस्पतालमा सोमबार मृत्यु भएका पुरुषमा पनि देखिएन कोरोना

100
Shares

काठमाडौँ, १८ चैत । वीर अस्पतालमा हिजो दिउसो उपचारका क्रममा मृत्यु भएका भारतीय नागरिक नागरिकमा पनि कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

कालिमाटी क्षेत्रमा बस्ने ती व्यक्तिको उच्च ज्वरो आएपछि वेहोस अवस्थामा हिजो विहान वीर अस्पताल पुरयाइएको थियो । भारतबाट आएको र ज्वरो समेत आएको भन्दै अस्पताल उनको मृत्यु अघि नै थ्रोट स्वाव झिकेर कोरोना भाइरस (कोभिड१९) परीक्षणका लागि टेकु पठाएको थियो ।

‘त्यसको रिपोर्ट आएको छ । र नेगेटिभ आएको छ,’ अस्पतालका कोभिड १९ फोकल पर्सन डा विधाननिधी पौडेलले बताए ।

यसअघि सोमबार विहान मृत्यु भएकी अर्की एक महिलाको पनि कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यस्तै पाटन अस्पतालमा हिजो विहान मृत्यु भएका अर्का एक नागरिकको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *