भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी मनोनित

काठमाडौँ, १८ चैत । सरकारले भरतपुर अस्पतालको अध्यक्षमा डा भोजराज अधिकारी मनोनित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालको अध्यक्षमा डा अधिकारीलाई नियुक्ती गर्ने निर्णय गरेका हुन् ।

यस्तै मन्त्री ढकालले केशव देवकोटा, श्रीमती कुमारी रमा ढुंगाना घिमिरे र रमाकान्त सापकोटालाई सो अस्पतालको विकास समिति सदस्यमा मनोनित गरेका छन् ।

भरतपुर यसैबर्ष देखि संघ मातहतमा आएको अस्पताल हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *