कोरोना पोजेटिभ दोस्रो र तेस्रो व्यक्तिको आज पुन: परीक्षण हुँदै

काठमाडौँ १८ चैत ।  टेकु स्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९)बाट पोजेटिभ दोस्रो र तेस्रो व्यक्तिको आज पुन परीक्षण गरिने भएको छ । अस्पतालले आज कोरोना १९ परीक्षणका लागि थ्रोट स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी गरेको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै गत ४ चैतमा काठमाडौँ आएकी काठमाडौँकै १९ बर्षीया युवती र युनाइटेड अरव इमिरेट्सको सारजाहँबाट गत ६ चैतमा काठमाडौँ आएका धादिङका ३२ बर्षीय युवा कोभिड १९ पोजेटिभ देखिएका दोस्रो र तेस्रो व्यक्ति हुन् । उनीहरुको क्रमश ९ चैत र ११ चैतमा कोभिड १९ पोजेटिभ देखिएको थियो ।

टेकु अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले दुबैको अवस्था सामान्य रहेको बताए । उनले आज पुन परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने बताए ।

नेपालमा सोमबारसम्म ९९३ जनाको कोभिड – १९ परीक्षण हुँदा ५ जनामा पोजेटिभ देखिएको छ । ती मध्ये १ जनाको पहिले नै निको भएर घर गईसकेका छन् । बाँकी चार मध्ये दुई जना टेकु अस्पताल काठमाडौँमा, एक जना सेती प्रादेशिक अस्पताल धनगढी र एक जना धवलागिरी अस्पताल बाग्लुङमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *