बुटवलको विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिमा देखिएन कोरोना

196
Shares

काठमाडौँ, १७ चैत । बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसन वार्डमा आइतबार मृत्यु भएका ३४ बर्षीया बिरामीको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे । ‘उहाँको दुईपटक परीक्षण गरिएको थियो । दुबै पटक रिपोर्ट नेगेटिभ देखियो,’ डा पाण्डेले भने ।

मृतक व्यक्ति ८ चैतमा दुवईबाट फर्केका थिए ।

पाल्पा रिव्दिकोट ५ कुसुमखोला स्थायी बसोबास भएपनि उनी रुपन्देहीको सैनामैनामा बस्दै आएका थिए । ज्वरो बढेपछि उनी गत १३ चैतमा कोरोना अस्थायी अस्पतालमा पुगेका थिए । दुवईबाट फर्केको र ज्वरो आएको कारण उनलाई कोरोना हो कि भनेर शंका गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *