वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु, थ्रोट स्वाव टेकु पठाईयो

काठमाडौँ, १७ चैत । वीर अस्पतालमा कोरोना शंकास्पद दुई जनाको मृत्यु भएको छ । दुबैको थ्रोट स्वाव झिकेर कोरोना परीक्षणका लागि टेकु पठाइएको छ । दुबैको रिपोर्ट भने आउन बाँकी छ ।

वीर अस्पतलाका निर्देशक डा केदार सेन्चुरीका अनुसार अत्यधिक ज्वरो आएको भन्दै काठमाडौँ सतुंगल क्षेत्रका एक जना ३४ बर्षीया महिलालाई हिजो बेलुका अस्पताल ल्याइएको थियो । उनको आज विहान निधन भएको हो । अत्यधिक ज्वरो आएको भन्दै ल्याइएको महिलालाई विहान पख निमोनियाको लक्षण देखिएको थियो । 

यस्तै आज विहान अर्का एक जना ५० बर्षिय पुरुष लगभग बेहोस अवस्थामा ल्याइएको थियो । ‘उनको ट्राभल हिस्ट्री हेर्दा भर्खरै भारतबाट आएको भन्ने रहेछ । ज्वरो अत्यधिक थियो । उपचारकै क्रममा उनको केहीबेर अघि दिउसो निधन भएको हो,’डा सेच्नुरीले भने । 

डा सेन्चुरीले दुबै जनाको थ्रोट स्वाव कलेक्सन गरी कोरोना परीक्षण गर्न टेकु पठाएको बताए ।

पछिल्लोसमय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संकास्पद कोरोनाका विरामीको समेत मृत्यु भएको भन्ने खबरहरु पनि बढ्न थालेको छ । चितवन र बुटवलको कोरोना विशेष अस्पतालमा एक एक जनाको मृत्यु भएपछि आज विहानै पाटनमा अर्का एक जना संकास्पदको समेत मृत्यु भएको बताइएको थियो ।

यद्धपी पाटनले मृत्यु हुने व्यक्ति कोरोनाको आइसोलेसनमा रहेको नभई आसीयूमा रहेको विरामी भनेको छ । चितवन र बुटवलमा मृत्यु भएका व्यक्तिको रिपोर्ट भने नेगेटिभ आइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *