पाटन अस्पतालले भन्यो, ‘मृत्यु भएका व्यक्ति आइसोलेसनका होइनन् आइसीयूका हुन्’

काठमाडौँ, १७ चैत । पाटन अस्पतालले आज मरेका भनिएका व्यक्ति कोरोना शंकास्पद नभएको जनाएको छ । उसले आईसीयूमा उपचाररत विरामीको मृत्यु भएको स्पष्ट पारेको छ ।

अस्पतालका निर्देशक प्राडा विष्णु शर्माले कोरोना संकास्पदलाई राखिने आइसोलेसन वार्डमा अहिले ३ जना विरामी रहेको र उनीहरुको अवस्था सामान्य रहेको भन्दै मरेका भनिएका विरामी आइसीयूका रहेका बताए ।

‘मलाई अघि देखि धेरैले फोन गर्नु भएको छ । आज मरेका विरामी कोरोना शंकास्पद होइनन् । उनी आइसीयूमा उपचाररत थिए ,’ डा शर्माले भने ।

धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो ।

कतिपय सञ्चारमाध्यमले ती व्यक्ति कोरोना आशंका गरि आइसोलेसनमा राखेर उपचार गरिएका व्यक्ति हुन् भनेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *