पीपीई सहितका मेडिकल सामग्री लिएर उड्यो सेनाको जहाज

काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनवाट आएका अत्यावश्यक मेडिकल सामग्रीहरु सातवटै प्रदेशमा पठाउन थालेको छ । मन्त्रालयले नेपाली सेनाको जहाज तथा हेलिकप्टरबाट मेडिकल सामग्री पठाउन थालेको हो ।

सोमबार विहानको पहिलो लटमा हवाई उडान मार्फत प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामग्रीहरु पठाइएको छ । दोस्रो लटमा प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामग्री पठाउन लागिएको हो ।

यी प्रदेशहरुमा सामग्री गाडीबाटै पठाउन लागिएको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलले जानकारी दिए ।

प्रदेश नं १ को स्वास्थ्य सामग्री लिएर विराटनगरतर्फ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ गएका छन् । कर्णाली प्रदेशको स्वास्थ्य सामग्री लिएर स्वास्थ्य राज्यमन्त्री नवराज रावत आफै सुर्खेत तर्फ लागेका छन् । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्री सहित आपूर्तिका खोप अधिकृत ओम उपाध्यायलाई पठाइएको छ ।

चीनबाट आइतबार आएको सामानको लिष्टमा पीपीईको संख्या धेरै नभएकोले पहिलो लटमा प्रत्येक प्रदेशमा १ हजारको दरले पठाइएको बताइएको छ । यस्तै एन ९५ मास्क १००० र सर्जिकल मास्क १० हजारको दरले पठाइएको छ । यस्तै १० – १० थान इन्फाइरेड थर्मामिटर पनि पठाइएको छ ।

‘यो अहिलेलाई नै काम चलाउने गरी पठाइएको हो । सामानहरु थप जम्मा हुने काम भइरहेको छ । भोलि फेरी अर्को लट सामान पठाउँछौँ,’ डोटेलले भने । उनले पोटेवल पीसीआर मेसिन तथा किटहरुको परीक्षण पछि मात्रै प्रदेशहरुमा पठाउन लागिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *