कोरोना नियन्त्रणका लागि उच्च स्तरीय टास्कफोर्स ‘सीसीएमसी’ गठन

काठमाडौँ, १६ चैत ।  सरकारले कोरोना भाइरस (कोभिड -१९) विरुद्ध चालिएका कदम समिक्षा गर्न तथा नियन्त्रणका लागि गरिएका निर्णयहरुको कार्यान्वनयको गराउन उच्चस्तरीय टास्कफोर्स गठन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकल उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय टास्क फोर्स गठन गरेको हो ।

टास्कफोर्सको नाम कोरोना १९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) दिइएको छ । उक्त समितिमा गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, अर्थ मन्त्री, उद्योग मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री सदस्य रहने छन् ।

यस्तै तीन वटै सुरक्षा निकायका प्रमुखहरु समेत सो समितिमा रहने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *