मेडिकल सम्वन्धी व्यक्तिगत सुरक्षा सामग्रीको गुणस्तर निर्धारण गर्न समिति गठन

568
Shares

काठमाडौँ, १६ चैत । सरकारले नेपालमा उत्पादन हुने तथा बाहिरबाट आयात हुने मेडिकल सम्वन्धी व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को गुणस्तर निर्धारण गर्ने प्रक्रिया अघि बढाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणले विश्वबजारमै मेडिकल सम्वन्धी व्यक्तिगत सुरक्षा सामग्रीको अभाव हुँदा कतिपयले स्वदेश तथा स्थानीय तहमै यस्ता सामग्रीको उत्पादन थालेपछि उद्योग मन्त्रालयले गुणस्तर निर्धारण गर्ने प्रक्रिया अघि बढाएको हो ।

आइतवार उद्योग मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषद्को १०३ औं बैठकले नेपाल भित्र उत्पादन हुने र आयात हुने मेडिकल सम्वन्धी व्यक्तिगत सुरक्षा सामग्रीहरु –पीपीई)को गुणस्तर र सो को परीक्षण सम्वन्धी सम्भाव्यता अध्ययन् गरी तीन दिन भित्र प्रतिवेदन दिन एक उपसमिति गठन गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीको संयोजकत्वमा गठित उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारी, औषधि व्यवस्था विभागका निर्देशक शैलेशकुमार झा, डा कुमार थापा स्वास्थ्य सेवा विभाग सदस्य रहेका छन् । उपसमितिको सदस्य सचिव भने नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक प्रभावतकुमार सिंहलाई तोकिएको छ ।

उक्त समितिले मेडिकल कन्जुमेवल गुड्स भनिने, मास्क, ग्लोध्स, टोपी , गाउन, स्यानिटाइजर आदिको न्यूनतम गुणस्तर तोक्ने र सोको परीक्षण सम्वन्धी सम्भाव्यता अध्ययन् गर्ने बताइएको छ ।

अस्पतालमा पीपीई लगायतका मेडिकल सामग्री अभाव हुँँदा थुप्रै अस्पताल तथा कतिपय संघसंस्थाले आफ्नै पहलमा यस्ता सामग्रीहरु निर्माण गरेका थिए । तर ती सामग्रीको गुणस्तर कसले मापन गर्ने भन्ने बारेमा अलमल थियो ।

कतिपय चिकित्सकहरुले यस्ता सामग्री संक्रामक रोगका लागि झनै खतरा हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

मन्त्रालयको यो निर्णयले भविस्यमा स्वदेशमै यस्ता सामग्री उत्पादन गर्न चाहनेका लागि तथा यस्ता सामग्रीमा देशलाई आत्मनिर्भर गराउन समेत मद्धत मिल्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *