फ्रान्सबाट आएकी युवतीका परिवारका सदस्यमा देखिएन कोरोना

920
Shares

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमणमा परेकी १९ बर्षीया युवतीको परिवारका सदस्यहरु भने भाइरसबाट सुरक्षित भएको पाइएको छ । राष्टिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसंग सम्पर्क भएका परिवारका ६ जना सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित युवतीको भने दोस्रो परीक्षण हुनै छ । उनी टेकुस्थित शुक्रराज अस्पतालमा उपचाररत छिन् ।

गत ११ चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ उत्रिएकी ती युवतीलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएको थियो ।

टेकु अस्पताल स्रोतका अनुसार ती युवतीको अवस्था अहिले पनि सामान्य छ । अबको दुई दिनपछि उनको दोस्रो पटक कोरोना परीक्षण गरिनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *