प्रधानमन्त्री ओली मनमोहन अस्पतालबाट डिस्चार्ज

4
Share

काठमाडौँ, १४ चैत । हिजो राती देखि महाराजगञ्जस्थित मनमोहन कार्डियोजोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार भएपछि उनी केहीवेर अघि अस्पतालबाट डिस्चार्ज भएको बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चालमा गडबडी भएको थियो । ‘उपचार पछि विहानै अवस्था नर्मलमा आएको थियो । दिनभर आराम गराएर बेलुका बालुवाटार पठाएको हो,’ डा सायमीले भने ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा गत २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले उनी बालुवाटारमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *