कान्तिको आइसोलेसनमा रहेका ९ मध्ये ८ जना बच्चाको रिपोर्ट आयो, सबैको नेगेटिभ

844
Shares

काठमाडौँ, १४ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा कान्ति बाल अस्पतालको आइसोलेसनमा रहेका ९ मध्ये ८ जनाको रिपोर्ट आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्दा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए । उनले बाँकी १ जनाको भने रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

हिजो देखि कान्तिमा २ भारतीय सहित ९ जना बच्चा कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको थियो । त्यसमा १५ महिना देखि १३ बर्ष उमेर समूहका थिए ।

‘ट्राभल हिस्ट्री’ र लक्षणका आधारमा कोरोना आशंका गरी उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । कोही चीनबाट आएका आफन्त, कोही दुवईबाट, कोही कतारबाट, कोहि मलेसियाबाट आएका परिवारका सदस्यबाट आएका थिए । तर ८ जनाको रिपोर्ट नेगेटिभ आयो । यो हामी सबैको लागि खुशीको कुरा हो,’ डा पौडेलले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *