काठमाडौँमा कोरोना भाइरसको आशंकामा १३ जना आइसोलेसनमा

काठमाडौँ, १४चैत । कोरोना भाइरसको आशंकामा काठमाडौँका तीन वटा अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुस्थित सरुवारोग अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा ३ जना व्यक्ति आइसोसेसनमा राखिएको जानकारी दिए।

उपत्यकाबाहिरका संघ तथा प्रदेशका अस्पतालमा पनि आइसोलेसन रहेको र त्यसमा केही शंकास्पद विरामी रहेपनि एकीन तथ्यांक आइनसकेको उनले बताए ।

नेपालमा हालसम्म ८०२ जना व्यक्तिमा कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको र २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको बताए। एक जना भने निको भएर घर गैसकेका छन् ।

मन्त्रालयले व्यवस्थ गरेको कल सेन्टरमा २४ घण्टामा ६ हजार २ कल आएको जानकारी दिए।

यस्तै बिफ्रिङमा बोल्दै स्वास्थ्य मन्त्रीका सल्लाहकार डा खेम कार्कीले काठमाडौँमा ६ वटा हव अस्पतालसंग अरु ७८ वटा अस्पताल जोडिएको र ती अस्पतालमा ५ वटाका दरले पीपीई पठाएको बताए ।

नेपाल मेडिकल काउन्सिलको सहयोगमा पीपीई प्रयोग गर्ने मापदण्ड बनाएको भन्दै सोही अनुसार कुन अवस्थामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था के हुने भन्नेबारेमा स्पष्ट पारेका थिए । उनले सबै स्वास्थ्यकर्मी मिलेर कोरोना भाइरस विरुद्धको अभियानमा लाग्नुपर्ने बताए ।

डा कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनलाइन तालिमको व्यवस्था गर्न लागेको समेत जानकारी दिए ।

स्वास्थ्यमन्त्रालयले हरेक दिन कोरोना भाइरससम्वन्धी नियमित मिडिया बिफ्रिङ गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *