भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेब कुटिए

बैतडी,  १३ चैत । भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् । उनीहरुले स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंलामा टोकि दिएका छन् ।

घटना बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको हो । चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।

क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती १०ः बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।

कुटपिट गर्ने नरेन्द्र जागिरीका छोरा सुनिल जागिरीसहित भारतको व्याङ्लोरबाट सात जना हिजो चैत १२ गते पुरचौडी पुगेका थिए । सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्वारेन्टाईनमा राखेका थिए।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए ।

कुटपिटबाट घाईते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाट स्वास्थ्यचौकीमा ल्याईरहेको कुँवरले जाकारी दिए । आफ्नो ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसैघण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएकोले विज्ञप्ती जारी गर्ने तयारी भईरहेको स्वास्थ्य संयोजक कुँवरले जानकारी दिए ।

क्वारेन्टाईनमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने नरेन्द्र जागिरी स्थानीय सहकारी संस्थाको प्रबन्धक समेत रहेको स्वास्थ्य संंयोजक कुँवरले जानकारी दिए । जिम्मेवार नागरिकबाटै यस्तो प्रकारको व्यवहार हुँदा कोरोना भाइरसको सङ्क्रमणका बारेमा रहेको अज्ञानता पुष्टि भएको भन्दै कुँवरले स्वास्थ्यकर्मी उच्च जोखिममा रहेको बताए ।

स्वास्थ्यकर्मीले कुटपिटमा सलग्न नरेन्द्र जागिरीलाई कारबाहीको माग गरेका छन् । कुटपिटमा संलग्न जागिरीलाई पक्राउन गर्न पुरचौडी नगरपालिकाको हाट स्थित प्रहरी चौकी पुरघाटबाट प्रहरीको टोली विहीबार बिहान कुवाकोटतर्फ गएको छ ।

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब पउपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *