कोरोना उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई ‘फिवर क्लिनिक’ सञ्चालन गर्न १०-१० लाख

काठमाडौँ, १३ चैत । कोरोना भाइरसको उपचारका लागि तयार पारिएका २५ वटा हव अस्पताललाई फिवर क्लिनिक सञ्चालन गर्न १० – १० रुपैयाँ पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले केन्द्र र प्रदेश तहमा तोकिएका २५ वटा हव अस्पताललाई १० १० लाख रुपैयाँ पठाइएको जानकारी दिए । उनले सोही रकमबाट हव अस्पतालले आवश्यक औषधि तथा उपकरण खरीद गरी सेवा सञ्चालन गर्न भनेका छन् ।

सचिव कोइरालाले फिवर क्लिनिकमा जाँच गरेर कोरोनाको आशंका भएपछि मात्रै थप कोरोना भाइरस टेष्ट गरिने समेत बताए । उनले स्वास्थ्यकर्मीहरुको लागि आवश्यक मास्क तथा औषधीहरुको व्यवस्था मिलाइएको र पीपीईको व्ववस्था समेत हुँदै गरेको दावी गरे ।

उनले अहिलेसम्म ७०० बढीको कोरोना परीक्षण भएको तर ३ जना बाहेकको पोजेटिभ नदेखिएको जानकारी दिए ।

यी हुन् २५ हब अस्पताल

  • महाकाली अस्पताल
  • डडेल्धुरा अस्पताल
  • सेती प्रादेशिक अस्पताल
  • भेरी अस्पताल
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • राप्ती प्रादेशिक अस्पताल
  • लुम्बिनी अस्पताल
  • भरतपुर अस्पताल
  • नारायणी अस्पताल
  • जनकपुर अस्पताल
  • गजेन्द्र नारायण सिहं सगरमाथा अस्पताल
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • कोशी अस्पताल
  • मेची अस्पताल
  • धुलिखेल अस्पताल
  • पाटन अस्पताल
  • भक्तपुर अस्पताल
  • सिभिल अस्पताल
  • त्रिवि  शिक्षण अस्पताल
  • विरेन्द्र सैनिक अस्पताल
  • वीर अस्पताल
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • धौलागिरी  अस्पताल
  •  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • प्रादेशिक अस्पताल सुर्खेत
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *