एयर अरेवियाबाट आएका तेस्रो संक्रमितको सिट वरपर बसेका १५ बढी सम्पर्कमा

काठमाडौँ, १३ चैत । एयर अरेवियाबाट आएका तेस्रा कोरोना संक्रमित व्यक्तिको सिट वरपर बसेका १५ जना बढी  म्पर्कमा आएका छन् । गत ६ चैतमा युनाइटेड अरव इमिरेटस (युएर्ई)को सारजाहाबाट काठमाडौँ आएको एयर अरेवियाको विमान G-9537  मा सवार धादिङका युवामा कोरोना भाइरस पोजेटिभ देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले यात्रुहरुको कन्ट्याक्ट ट्रयासिङ शुरु गरेको थियो ।

सो क्रममा संक्रमित व्यक्ति बसेको सिटको वरपर बसेकाहरुलाई पहिलो प्राथमिकता दिएर खोजी सुरु गरेको थियो ।

‘संक्रमित व्यक्ति वरपर बसेकाहरुको पहिचान र सम्पर्क भएको छ । बाँकी अन्यको पनि सम्पर्क भइरहेको छ,’ इडिसिडीका निर्देशक डा बासुदेव पाण्डेले भने ।

‘ विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को प्रोटोकल अनुसार पहिले संक्रमित व्यक्ति वरपर कतिजना थिए ? को को थिए ? भन्ने पत्ता लगाउनु पहिलो दायित्व थियो । त्यो हामीले पुरा गरेका छौँ । बाँकी यात्रुहरुको पनि खोजी र सम्पर्क भइरहेको छ,’ निर्देशक डा पाण्डेले भने ।

उनले सो विमानमा आएकाहरुलाई अहिले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको बताए ।

६ चैत राती १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको उक्त विमानमा संक्रमित देखिएका ती युवा सहित १७० जना यात्रु रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *