कोभिड–१९ को रोकथाम र उपचारमा कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री राई

108
Shares


विराटनगर, १३ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । मुख्यमन्त्री राईले बुधबार बेलुकीे भिडियो सन्देश सार्वजनिक गर्दै विश्वव्यापी महामारी बनेको कोरोना भाइरससँग जुध्न प्रदेश सरकारले २३ बुँदे कार्ययोजनाका साथ काम गरिरहेको छ भने ।

उनले नागरिकको स्वास्थ्य र उपचारको सुनिश्चितता सरकारले दिने भन्दै लकडाउन र सरकारले सावधानीका लागि आह्वान गरेकाले यसलाई गम्भीरताका साथ पालना गर्न सबैसँग आग्रह गरे । कोरोनाविरुद्ध प्रदेश सरकारले सबै निकायसँगको समन्वय र सहकार्यमा चौबीसै घण्टा काम गरिरहेको छ भने ।

प्रदेशका विभिन्न ४४ स्थानमा ९८९ शै्यया क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिँदै मुख्यमन्त्री राईले उक्त निर्माण भएका क्वारेन्टाइनमा भारतीय नाका र अन्य नाकाबाट प्रवेश गरेका नेपाली नागरिकलाई निगरानीका लागि राखिएको स्पष्ट पारे। प्रदेशबाट कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा १९ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री राईले जानकारी दिए ।     रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *