कोरोना संक्रमित तेस्रो व्यक्ति सवार एयर अरेवियामा १७० जना यात्रु, सबै नेपाली

काठमाडौँ, १२ चैत । कोरोना संक्रमित तेस्रो व्यक्ति सवार एयर अरेवियामा १७० जना यात्रु रहेको खुलेको छ । ती यात्रुहरु सबै नेपाली भएको अध्ययागमन स्रोतले जानकारी दिएको छ ।

गत ६ चैत राती १० बजेर ९ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयर अरेवियाको G-9537 विमान  युनाइटेड अरव इमिरेट( युएई) को  सारजाहाबाट आएको थियो । उक्त विमानमा यात्रा गरेका धादिङका एक ३२ बर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

‘सो विमानमा सवार गर्ने यात्रुहरु सम्पर्कमा आइदिनुस्

यसैबीच स्वास्थ्य मन्त्रालयले त्यस दिन सो फ्लाइटबाट आएकाहरुले हटलाईन नम्बर ९८५१२५५८३९, ९८५१२५५८३४ र ९८५१२५५८३७ मा सम्पर्क गरेर जानकारी लिन वा दिन अनुरोध गरेको छ ।

‘त्यो एयरलायन्स मात्रै होईन अरु फ्लाइबाट आएको हो र जोखिमपूर्ण क्षेत्रबाट आएको हो भने पनि यी नम्बरमा फोन गर्न र आवश्यक जानकारी लिन सकिन्छ,’ मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटाले बताए ।

उनले सो विमानमा आउने यात्रुको । कन्ट्याक्ट ट्रयासिङ गर्नु पर्ने भएकोले सम्पर्कमा आएर सहयोग गर्न समेत आवहान गरे । त्यसो त मन्त्रालय आफै र प्रहरीले समेत यात्रुहरुको खोजी शुरु गरिसकेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *