एयर अरेवियाको फ्लाइटबाट आएका थिए संक्रमित व्यक्ति

काठमाडौँ, १२ चैत ।  कोरोना भाइरस (कोभिड -१९)को संक्रमणमा परेका तेस्रो व्यक्ति एयर अरेवियाको फ्लाइटबाट नेपाल आएको थाहा भएको छ ।

उनी युनाइटेड अरव इमिरेट्स (युएई)को सारजाँह सिटीबाट एयर अरेवियाको  फ्लाइट नम्बर जी – ९५३७ बाट  ६ चैत राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी गत ११  चैतमा परीक्षणका लागि टेकु पुगेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी जानकारी दिए । ३२ बर्षीय उनी धादिङका स्थायी बासिन्दा भएको समेत बताइएको छ ।

ती यात्रु  युएईबाट आएर काठमाडौँ कै एक होटलमा बसेको र सो होटल र उनीसंग भेट भएका सबैको ट्रयसिङ ती यात्रु शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि जनस्वास्थ्य प्रयोगशालाले टेकु अस्पतालले पठाएको स्याम्पलमा पोजेटिभ देखिएको पुष्टि गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *