कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्री राउतको निर्देशन


जनकपुरधाम, १२ चैत । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले कोरोना भाइरस नियन्त्रणका लागि गरिएका तयारीबारे जानकारी लिएका थिए । साथै आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराए ।

उक्त बैठकमा निमित प्रमुख सचिव नारायण दवाडी, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । यसैबीच, कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि छन् ।

सामाजिक विकास मन्त्रालयले धनुषाको नगराइनस्थित आयुर्वेद मेडिकल कलेजमा ५०, जनकपुरस्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन अवस्थामा रहेको भवनमा ५० र जानकी मेडिकल शिक्षण अस्पतालमा ६० श्ययाको क्वारेन्टाइन स्थापना गर्न लागिएको जानकारी गराएको छ । साथै वीरगञ्ज, सिरहाको धनगढी, सप्तरी र रौटहत जिल्लामा क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन थालिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *