राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको क्षमता बढायो, अब एकैदिन ९ सय जनाको परीक्षण हुनसक्ने

काठमाडौँ, १२ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको क्षमता बढाएको छ । क्षमता बढेसंगै अब सो प्रयोगशालामा एकैदिन ९ सय जनाको परीक्षण गर्न सकिने दावी गरिएको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले कोरोना भाइरस परीक्षणका लागि स्याम्पल आउने क्रम बढेसंगै क्षमता बढाइएको बताए । उनले केही रोगको परीक्षण छाडेर सबै क्षमता कोरोना परीक्षणमा केन्द्रीत गरकोे बताए ।

‘यहाँ चारवटा ठूला ल्याव छन् । ति ल्यावमा धेरै खालका रोगहरुको परीक्षण हुने गर्दथ्यो । तर अब हामीले अन्यन्त्र परीक्षण हुने केही रोग बाहेक सबै परीक्षण स्थगित गरी त्यहाँ पनि कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । अहिले हाम्रो क्षमता प्रतिदिन ९०० सम्म भएको छ,’ गुप्ताले भने ।

हिजो आज प्रयोगशालामा प्रतिदिन ६० देखि ७० वटा कोरोना भाइरस परीक्षणका लागि स्याम्पल आउन थालेको समेत उनले जानकारी दिए ।
उनले हेमोग्लोविन, थाइलेसेमिया, जेई, डेंगु लगायतका केही परीक्षणहरु अन्यत्रका अस्पताल नहुने भएकाले प्रयोगशालाले गर्नुपरेको स्पष्ट पारे ।

कोरोनाको रिपोर्ट सम्वन्धीत व्यक्तिले अनलाइनमै हेर्न सक्ने
यसैबीच प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट लिन टेकु जान नपर्ने व्यवस्था मिलाएको छ । परीक्षण रिपोर्ट अब आफैले वा आफ्ना मान्छेले घरमै वा अस्पतालमै हेर्न सक्नेछन् । ‘हामीले परीक्षणका बेलामा युजर नेम र पासवर्ड दिने गरेका छौँ । त्यसैबाट उनीहरुले रिपोर्ट हेरेर प्रिन्ट गर्न सक्नेछन्,’ गुप्ताले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *