भरतपुरस्थित कोरोना अस्पतालमा मृत्यु भएका व्यक्तिलाई कोरोना नभएको पुष्टि

sf]/f]gf laz]if c:ktfn
lrtjg, ^ r}t M e/tk’/ dxfgu/kflnsfsf] cu’jfOdf lrtjg k|bz{gL s]Gb|df z’qmaf/ laxfgaf6 ;~rfng ug{ nfluPsf] e/tk’/ sf]/f]gf laz]if -c:yfoL_ c:ktfn . t:jL/ M gf/fo0f clwsf/L, /f;;

काठमाडौँ, ११ चैत । भरतपुरस्थित कोरोना विशेष –अस्थायी अस्पतालमा आज मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना विशेष –अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले उनको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे । अघि बेलुका रिपोर्ट पायौँ नेगेटिभ रहेछ । उनले भने ।

यसअघि वीरगञ्ज २२ जगन्नथापुर निवासी ३० बर्षका यादवको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा आज विहान ९:३० बजे मृत्यु भएपछि कतिपय सञ्चारमाध्यमले मृतकमा कोरोनाको भएको हुनसक्ने भन्दै समाचार सम्प्रेषण गरेका थिए ।

अस्पतालले भने उनी पहिले देखि नै लुपसको विरामी भएको बताएको थियो । यद्धपी उनको थ्रोट स्वावको नमूना कोरोना भाइरस परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइसकेको थियो ।

मृतक यादवलाई गत ९ चैतमा चितवन मेडिकल कलेजबाट रिफर भई आएका थिए । उनमा लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण समेत देखिएको डा अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख थियो ।

१० चैत (हिजो) दिउसो तिरबाट श्वासप्रस्वासमा केही समस्या देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो । आज विहान उनको मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *