कोरोनाबारे भ्रम फैलाउने धर्मगुरु पोखरामा पक्राउ

156
Shares

पोखरा, ११ चैत । कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरसबारे भ्रम फैलाउने एक धर्मगुरुलाई आज कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यलाई इसाई धर्मको प्रचार गरी येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले लामो समयदेखि पोखरामा बस्दै आचार्यले इसाई धर्मका नाममा कोरोनाबारे भ्रम फैलाएको बताए ।

आचार्यले केही दिनअघि पोखरा आसपासका सुकुम्बासी बस्तीमा पुगेर “कोरोना मरिजा येशुको नाममा” भनी बनाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

विपद्का बेला अनेक प्रचारबाजी हुने भएकाले संयम अपनाएर घरभित्रै बस्न र भ्रामक कुराको पछि नलाग्न कास्की प्रहरीले सबैमा आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *