कोरोना आशंका भन्दै विरामी फर्काएपछि ग्राण्डी र अल्कालाई सोधियो स्ष्टीकरण

काठमाडौँ, ११ चैत । ज्वरो र रुघाखोकी लागेको कोरोना आशंका गर्दै भर्ना नै नलिएपछि सरकारले ग्राण्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ती दुई अस्पताललाई चौविस घण्टे स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशनकुमार पोखरेलले संकटपूर्ण घडीमा दुई अस्पतालको गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको उजुरी आएपछि स्पष्टीकरण सोधेको बताए ।

‘यो सम्वेदनशील घडीमा ठूला भनिएका निजी अस्पतालहरुको बिरामी भर्ना नलिने भन्ने जो कुरा आयो । यो अत्यन्तै असम्वेदनशील र गैरजिम्मेवारी कुरा हो । राज्यको नीति नियम अनुसार चल्दिन, विरामी भर्ना लिइदिन भन्न छुट छैन् । यस्तो बेलामा अझ जिम्मेवार भएर जानुपर्ने हुन्थ्यो । त्यो विपरित भएको उजुरी आएपछि हामीले स्पष्टीकरण लिएका हौँ,  उनले भने ।

डा पोखरेलले सरकारी, निजी, सामुदायिक लगायत जुनसुकै किसिमका अस्पताल तयारी अवस्थामा रहनुपर्ने र सरकारको समन्वयमा काम गर्नुपर्ने बताए ।

ग्राण्डी भन्यो पीपीई भएन, अल्का जवाफ दिन आएन
यसैबीच बिरामी भर्ना नलिएको विषयमा मन्त्रालयले स्पष्टीकरण सोधेपछि मंगलबार ग्राण्डी अस्पताल स्पष्टीकरण दिन आएको छ । अस्पतलालका निर्देशक डा चक्रराज पाण्डे आफै मन्त्रालयमा आएर स्पष्टीकरण दिएका हुन् । उनले विरामी फर्काएको नभई पीपीई नभएपछि भर्ना नलिएको मन्त्रालय समक्ष जानकारी दिएका छन् ।

डा पाण्डेले अव आइन्दा त्यस्तो अवस्था नहुने प्रतिवद्धता जनाएको समेत प्रमुख विशेषज्ञ डा पोखरेलले जानकारी दिए ।
उता अल्का अस्पतालको प्रतिनिधि भने जवाफ दिन आएको छैन ।

अल्का अस्पतालका सञ्चालक कुमार थापा निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको बरिष्ठ उपाध्यक्ष समेत हुन् । हामीले अल्कालाई पनि हिजो नै चिठी पठाएको हौँ । तर जवाफका लागि कोही आएको छैन । अटेरी गरेमा सरकारले थप कदम चाल्न बाध्य हुन्छ । डा पोखरेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *