भरतपुरमा मृत्यु भएका व्यक्ति लुपसका पुराना विरामी, कोरोना पनि परीक्षण हुँदै

चितवन, ११ चैत ।  भरतपुरस्थित कोरोना विशेष –अस्थायी अस्पतालमा आज मृत्यु भएका व्यक्तिमा पहिले देखि नै लुपसको विरामी भएको खुलेको छ । यद्धपी उनको थ्रोट स्वावको नमूना कोरोना भाइरस परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइसकेको अस्पतालले जनाएको छ ।

वीरगञ्ज २२ जगन्नथापुर निवासी ३० बर्षका सन्तोस यादवको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा आज विहान ९:३० बजे मृत्यु भएको थियो । उनको मृत्युपछि कतिपय सञ्चारमाध्यमले मृतकमा कोरोनाको भएको हुनसक्ने भन्दै समाचार सम्प्रेषण गरेका थिए ।

अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले केही बेर अघि जारी गरेको विज्ञप्ती अनुसार मृतक यादवलाई गत ९ चैतमा चितवन मेडिकल कलेजबाट रिफर भई आएका थिए । उनमा लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण समेत देखिएको थियो । १० चैत –हिजो) दिउसो तिरबाट श्वासप्रस्वासमा केही समस्या देखिएपछि उनलाई सघन उपचार कक्ष( आईसीयू)मा सारिएको थियो । आज विहान उनको मृत्यु भएको थियो ।

डा अधिकारीले उनको थ्रोट स्वावको रिपोर्ट आउन बाँकी नै रहेकोले मृत शरीरलाई सुरक्षीत रुपमा आइसोलेसनमा राखिएको उल्लेख गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *