कोरोना संक्रमित महिला चडेको जहाजका सबै यात्रुको ‘कन्ट्याक ट्रयासिङ’ गर्न निर्देशन

1.4k
Shares

काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य अपातकालिन तथा विपत व्यवस्थापन इकाईले कोरोना भाइरस संक्रमित युवती चडेको हवाईजहाजका अन्य यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउन इपिडिमियोलोजी तथा रोक नियन्त्रण महाशाखालाई निर्देशन दिएको छ ।

गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल भित्रिएकी १९ बर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो ।

इडिसिडिलाई लेखिएको पत्रमा जहाजका यात्रु सहित संक्रमित देखिएको महिला यात्रुको परिवारका सदस्यहरु, उनको सम्पर्कमा आएका अन्य व्यक्ति समेत परीक्षण गर्न र प्रोटोकल अनुसार क्वारेन्टाइन लगायतका अन्य कार्य गरी २४ घण्टा भित्र कार्यप्रगति विवरण उपलव्ध गराउन निर्देशन दिइएको छ ।

यस्तो छ पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *