दादुरा-रुवेला खोप अभियान चैत मसान्तसम्म स्थगित

काठमाडौँ, १० चैत । कोरोना भाइरसको संक्रमण देखा परेसंगै स्वास्थ्य मन्त्रालयले दादुरा रुवेला खोप अभियान स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले खोप अभियान नभएका जिल्लाहरुमा आगामी चैत मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको हो । अभियान शुरु भइसकेको जिल्लाहरुमा भने भिडभाड कम गरी सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यस्तै खोप बाँकी भएका जिल्लाहरुमा सुरक्षित रुपमा कोल्डचेनमा राख्न समेत भनिएको छ ।

सरकारले गत फागुन र चैत महिनामा देशव्यापी रुपमा दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा प्रदेश नं १, २ र ५ मा खोप अभियान चलाइएको थियो । दोस्रो चरणमा चैत महिनामा बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा यो अभियान सञ्चालन हुँदै थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *