दादुरा-रुवेला खोप अभियान चैत मसान्तसम्म स्थगित

668
Shares

काठमाडौँ, १० चैत । कोरोना भाइरसको संक्रमण देखा परेसंगै स्वास्थ्य मन्त्रालयले दादुरा रुवेला खोप अभियान स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले खोप अभियान नभएका जिल्लाहरुमा आगामी चैत मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको हो । अभियान शुरु भइसकेको जिल्लाहरुमा भने भिडभाड कम गरी सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यस्तै खोप बाँकी भएका जिल्लाहरुमा सुरक्षित रुपमा कोल्डचेनमा राख्न समेत भनिएको छ ।

सरकारले गत फागुन र चैत महिनामा देशव्यापी रुपमा दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा प्रदेश नं १, २ र ५ मा खोप अभियान चलाइएको थियो । दोस्रो चरणमा चैत महिनामा बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा यो अभियान सञ्चालन हुँदै थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *