कोरोना भाइरस नेपाल अपडेट – शंकास्पद ३६ जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ

644
Shares

काठमाडौँ, ९ चैत । कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शनिबार परीक्षण गरिएका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशक डा रुना झाले बताइन ।

उनका अनुसार प्रयोगशालामा थप ४ जनाको नमूनाको परीक्षण भइरहेको छ। उनीहरुको सोमबार रिपोर्ट आउने छ।

हालसम्म नेपालमा टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले धारनस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल र वीर अस्पतालमा पनि नमूना परीक्षण सेवा सुरु गर्ने प्रक्रिया अगाडि बढाएको छ।

अहिलेसम्म शुरुको एक बाहेक नेपालमा कोरोना संक्रमण देखिएको छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *