अब कोरोना रोकथाम नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई १०० प्रतिशतसम्म भत्ता

काठमाडौँ, ९ चैत । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकमीलाई सत प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उपचारमा रोकथाम तथा नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत देखि १०० प्रतिशतसम्म भत्ता बढाउने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उनले उपचारमा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षाका लागि चाहिने उपकरण प्रयाप्त र सहज रुपमा उपलव्ध गराउने समेत निर्णय गरेको छ ।

यस्तै आजको बैठकले बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पताललाई कोरोना भाइरसको उपचार गर्ने डेडिकेटेट अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । सो अस्पतालमा प्रहरी र नेपाली सेनाका चिकित्सक तथा स्वास्थ्यकर्मी खटिने समेत खतिवडाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *