‘कोरोनाभाइरस रोक्न के सहयोग गरौँ ?’ भनेको चीनलाई स्वास्थ्य मन्त्रालयले पठायो १५ आइटमको लिष्ट

2.7k
Shares

काठमाडौँ, ८ चैत ।  ‘कोरोना  भाइरसको संक्रमण हुन नदिने अभियानका लागि के सहयोग गरौँ ?’ भन्दै सोधेको छिमेकी राष्ट्र चीन समक्ष नेपालले रोकथाम तथा उपचारका लागि आवश्यक १५ वटा मेडिकल आइटमको लिष्ट पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चाहिने मेडिकल आइटमको लिष्ट चीन पठाएको हो ।

मन्त्रालयको लिष्टमा एन ९५ मास्क र पीपीई २० – २० हजार थान, पोर्टेवल भेन्टिलेटर १०० थान, मोनिटर २ हजार थान र एबीजी मेसिन २० वटा मागिएको छ । यस्तै पीसीआर मेसिन २० वटा अक्सिजन प्लान्ट ५ वटा माग गरिएको छ ।

यस्तै कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्ट १० हजार र पीसीआर २ हजार पिस मागिएको छ । मन्त्रालयले थर्मल थर्मोमिटर १ हजार र थर्मल स्क्यानर १० थान मागेको छ ।

यस्तै मेडिकल सुविधा सहितको मोवाइल एम्बुलेन्स ५ र इन्फेक्सन डिजिजक ा लागि मोवाइल एम्बुलेन्स ७ वटा माग गरको छ । यो लिष्टगत विहीबारको मन्त्रीस्तरीय निर्णयबाट तयार पारिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

चीनसंग मागिएको मेडिकल आइटम

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *