हवाई मार्गबाट पछिल्लो एक महिनामा कुन देशका कति नागरिक छिरे नेपाल ? (सूची सहित)

काठमाडौँ, ७ चैत । चीनको वुहानमा ३१ डिसेम्बर २०१९ अर्थात गत १५ पुसका दिन पहिलो केश देखिएको नयाँ कोरोना भाइरस (कोभिड – १९)ले अहिले १६७ बढी मुलुकमा फैलिसेको छ । २ लाख १५ हजार बढी संक्रमणमा परेका छन् । मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ ।

तर नेपालमा फागुन महिनाको तथ्यांक हेर्दा विदेशबाट आउने क्रममा कमि देखिएको रहेनछ । त्रिभुवन विमानस्थल स्थित अध्यागन विभाग स्रोतले दिएको जानकारी अनुसार फागुन महिनामा हवाई मार्ग प्रयोग गरी आउनेको संख्या १ लाख ८१ हजार ४७४ पुगेको छ । हवाई मार्ग प्रयोग गरी नेपाल आउनेहरुमा नेपालीसहित विश्वका १६७ देशका नागरिक छन् ।

विभागका अनुसार फागुन महिनामा हवाई मार्ग प्रयोग गरी नेपाल भित्रने सबैभन्दा बढी नेपाली नै हुन् । फागुन महिनामा मात्रै विभिन्न देशबाट स्वदेश फर्किएका नेपालीकोसंख्या १ लाख ५ हजार २५१ जना रहेको छ ।

दोस्रोमा भारतीय छन् । फागुन महिनामा १५ हजार ६२ जना भारतीय हवाई मार्ग हुँदै नेपाल आएका छन् ।

यस्तै फागुन महिनामा सबैभन्दा बढी नेपाल आउने नागरिक भनेका अमेरिकी हो । फागुन महिनाभर ६ हजार ६५१ अमेरिकी नागरिक नेपाल प्रवेश गरेका छन् । त्यसपछि बढी पर्यटक आउने थाइल्याण्ड र म्यानमारका देखिएका छन् ।

फागुन महिना लाग्दै गर्दा चीनमा कोरोनाको संक्रमण लगभग उच्चतम विन्दुमा पुगिसकेको थियो । त्यसैले चीनबाट आउने पर्यटकको संख्यामा कमि आयो यद्धपी सो महिनामा पनि ३ हजार १८१ जना चिनियाँ नागरिक नेपाल हवाई मार्गबाट नेपाल छिरेका रहेछन् ।

कोरोनाको अत्ति नै प्रभावित मानिएको इरानबाट ८२ जना र इटालीबाट ६६९ जना पनि सोही महिनामा नेपाल प्रवेश गरेका हुन् ।

खुशीको कुरा, नेपालमा विदेशबाट जति नागरिक भित्रिए पनि कोरोना भाइरस भने भित्रिएको छैन । विमानस्थलमा रहेको हेल्थ डेस्कले हरेक नागरिकको स्क्रिनिग गरी शंकास्पद देखिएकालाई सावधानीपूर्वक अस्पताल पठाउने र थप चेक जाँच गर्ने गरेको छ ।

 

फागुन महिनामा कुन कुन देशबाट कति विदेशी र कति स्वदेशी आए ?

स्रोत : विमानस्थलस्थित अध्यागमन विभाग

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *