कोरोना सतकर्ता : अब यी मुलुकबाट सोझैँ वा ट्रान्जिट भएर नेपाल आउन प्रतिवन्ध
काठमाडौँ, ५ चैत । सरकारले कोरोना विरुद्ध सतर्कता अपनाउन केही मुलुकबाट सोझै नेपाल आउन र केही मुलुकबाट ट्रान्जिट हुँदै नेपाल आउन प्रतिवन्ध लगाएको छ ।
सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सोझै आउन वा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलकबाट नेपाल आउन प्रतिवन्ध लगाएको हो ।
यो निर्णयको लागू हुने मिति २० मार्चको मध्यरात देखि लागू भई १५ अप्रिलसम्म कायम हुने भनिएको छ । यद्धपी परिस्थितिको मूल्यांकन गरी थप निर्णय लिन सक्ने बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



