डिस्चार्ज भए प्रधानमन्त्री ओली
काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । मिर्गौैला प्रत्यारोपणको दशौँ दिन आज उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
ओलीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको थियो । यो उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो ।
उनलाई आफ्नी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । संग्रौला भने दुई दिन अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेकी थिइन ।
प्रधानमन्त्री ओलीले अब बालुवाटारमै बसेर स्वास्थ्यलाभ गर्नेछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



