कोरोनाभाइरसको आशंकामा कुवेतबाट आएका दुई जनालाई टेकु पठाइयो, छ जना आइसोलेसनमा

256
Shares

काठमाडौँ, २९ फागुन । कोरोना भाइरसको आंशकामा कुवेतबाट आएका दुई जना नेपालीलाई त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले टेकु पठाएको छ । वैदेशिक कुवेत गएका उनीहरु आज दिउसो ओमन एयरको उडानबाट स्वदेश फर्किएका थिए ।

विमानस्थल हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले इन्फाइराईड थर्मामिटरबाट तापक्रम जाँच गर्ने क्रममा ज्वरो देखिएपछि उनीहरुलाई तत्कालै टेकु अस्पताल रेफर गरिएको बताए ।

यता स्वास्थ्य मन्त्रालयले आज टेकु अस्पताल र पाटन अस्पतालमा गरी संकास्पद छ जनालाई आइसोलेसन वार्डमा भर्ना गरि राखिएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ६ मध्ये ४ जना टेकु र २ जना पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

टेकु अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले संकास्पदहरुलाई आइसोलेसनमा राख्ने र डिस्चार्ज हुने काम नियमित जस्तै भईरहेको भन्दै सुरक्षाका लागि आवश्यक उपाय अवलम्बन गरिएको बताए ।

उनले अहिलेसम्म ४५० जनाको प्रयोगशाला परीक्षण भएकोमा एक जना शुरुमै पोजेटिभ भए बाहेक अरु सबै नेगेटिभ भएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *