चिकित्सा शिक्षा आयोगको क्यालेन्डर : पीजीको प्रवेश परीक्षा जेठको दोस्रो साता

काठमाडौँ, २७ फागुन । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको सूचना देखि बार्षिक परीक्षाको नतिजा सार्वजनिक हुने समय समेटिएको बार्षिक शैक्षिक क्यालेन्डर निकालेको छ । क्यालेन्डरमा सर्टिफिकेट लेभल देखि डीएम/एमसीएच लेभल सम्मको तालिका छ ।

अव यहि तालिका अनुसार आयोगले आफ्नो शैक्षिक गतिविधि अघि बढाउँछ । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले भने । उनका अनुसार क्यालेन्डरको पहिलो कार्यान्वयन पोष्टग्राजुएट्स (पीजी) तहको साझा प्रवेश परीक्षाको सूचनाबाट शुरु हुँदैछ ।

‘हामीले यसको सूचनामा बैशाखमा दिने भनेका छौँ तर यसपटक पहिलो भएको हुनाले सूचना चैतमै जारी गर्छौँ सायद । साझा प्रवेश परीक्षा परीक्षा भने क्यालेन्डर अनुसार जेठको दोस्रो साता हुनेछ,’गिरीले भने । उनले अब प्रवेश परीक्षाको नतिजा, भर्ना, कक्षा सञ्चालन, बार्षिक परीक्षा लगायतका कुराहरु नयाँ क्यालेन्डर अनुसार चल्ने बताए ।

कर्णाली प्रतिष्ठानलाई सीट दिने निर्णय अरु प्रतिष्ठानसंगै
यसैबीच आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पीजीमा सिट दिने निर्णय अरु कलेज तथा प्रतिष्ठानको सिट निर्धारण गरेकै बखत हुने बताएको छ ।

उसले पाएको सिटमा भर्ना हुनका लागि विद्यार्थीले साझा प्रवेश परीक्षामा सहभागी हुनुपर्ने बताएको छ । आयोगले कर्णालीलाई एमडीजीपीमा ३ सिट दिने तयारी गरेको छ ।

‘सिट दिने औपचारिक निर्णय भएको छैन् । अब अरु कलेज तथा प्रतिष्ठानलाई दिने बेला नै त्यसको पनि निर्णय हुन्छ । सिट पायो भने साझा प्रवेश परीक्षाबाट विद्यार्थी छनौट हुन्छ,’ आयोग उपाध्यक्ष प्राडा गिरीले भने ।

यस्तो छ आयोगको शैक्षिक क्यालेन्डर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *