प्रधानमन्त्री ओलीको डिस्चार्ज बुधबार सम्म हुनसक्ने, भान्जी समीक्षाको मंगलबार नै गर्ने तयारी

काठमाडौँ, २६ फागुन । गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज बुधबारसम्म हुने सम्भावना बढेर गएको छ । यद्धपी यसको निर्णय मंगलबार (भोलि) हुने बताइएको छ ।

‘प्रत्यारोपणपछि उहाँको भाईटल तथा ल्याव सूचकहरु अपेक्षा अनुरुप नै सुधार हुँदै गएको छ । राम्ररी सुधार हुँदै जाँदा अनावश्यक रुपमा अस्पतालमा राखिरहनु आवश्यक हुँदैन् । त्यसैले एक दुई दिनमै डिस्चार्ज हुन पनि सक्छ,’ प्रत्यारोपण टोलीका सदस्य डा पवनराज चालिसेले बताए ।

उनले प्रधानमन्त्री ओलीका मिर्गौला दाता समीक्षा संग्रौलाको सम्भवत मंगलबार नै डिस्चार्ज हुनसक्ने संकेत गरे ।’ उहाँको पनि स्वास्थ्य राम्रो छ । त्यसैले सम्भवत मंगलबार नै उहाँको डिस्चार्ज हुनसक्छ । तर यो पनि टोलीले निर्णय गर्ने कुरा हो’ उनले भने ।

प्रधानमन्त्री ओली र उनको अंगदाता समीक्षाले सामान्य रुपमा आहार लिन थालेका छन् । नियमित रुपमा हिडडुल समेत गराईएको छ ।

इन्फेक्सनबाट जोगाउन भेटघाटमा कडाई
प्रधानमन्त्री ओलीलाई अहिले पनि उनका नजिकका व्यक्तिले भेटघाट गर्न पाएका छैनन् । आईसीयूका नर्सहरुले उनको स्याहार गरेका छन् भने आवश्यक पर्दा तोकिएका केही डाक्टरमात्रै उनलाई हेर्न जाने गरेका छन् ।

‘अहिले प्रत्यारोपण टोलीका सबै डाक्टरलाई समेत उनीसंग भेट गर्न दिइएको छैन् । एउटै कारण इन्फेक्सन नहोस भन्ने नै हो । अनावश्यक रुपमा त्यहाँ गएर कामै छैन् । बरु इन्फेक्सनको डर हुन्छ,’ डा चालिसेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *