प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, नियमित हिड्न र सन्तुलित आहार लिन थाले

काठमाडौँ, २५ फागुन ।  पाँच दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा राम्रो सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालले प्रधामन्त्री ओलीको मिर्गौला प्रत्यारोपण पछि आज जारी गरेको पाँचौँ दिनको स्वास्थ्य बुलेटिनमा सो जानकारी दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जारी गरेको बुलेटिनमा आज पनि प्रधानमन्त्रीलाई सन्तुलित आहार दिइएको, नियमित हिँड्डुल गराइएको उल्लेख छ । प्रधानमन्त्रीको ‘भाइटल’ तथा ल्याव परीक्षणको सुचक सामान्य रहेको बताइएको छ ।

यस्तै प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । उहाँको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य भएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *