यी पाँचवटा देशबाट नेपाल आउनेले कोरोना नभएको सर्टिफिकेट पेश गर्नुपर्ने

काठमाडौँ, २५ फागुन । सरकारले पाँचवटा मुलुकबाट नेपाल आउनका लागि कोरोना नभएको सर्टिफिकेट पेश गर्नुपर्ने व्यवस्था गरेको छ । ती मुलुकमा चीन, जापान, दक्षिण कोरिया, इटाली र इरान रहेका छन् । यी पाँचवटै मुलुकहरु कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुन् ।

शनिबार मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिव तथा सहसचिवहरुको बैठकले कोरोना भित्रिन नदिन थप कडाई गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा यी पाँचवटा देशबाट आउनेले अनिवार्य रुपमा सात दिन भित्र कोरोना परीक्षण गराएको सर्टिफिकेट पेश गर्नुपर्ने छ ।

‘चीन जापान, दक्षिण कोरिया, इटाली र इरान कोरोना अति प्रभावित देश हुन् । अब यी देशबाट नेपाल प्रवेश गर्ने जो कोही नागरिकले स्वस्थ रहेको सर्टिफिकेट पेश गर्नुपर्ने छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने ।

बैठकले भारतसंग सिमा जोडिएका तराईका ६ मुख्य नाका र अन्य ३१ सहायक नाकामा राखिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

चीनमा सन् २०१९को अन्तमा देखिएको नयाँ कोरोना भाइरस (कोभिड १९)ले अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् । ३ हजार ५ सय बढीको ज्यान गईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *