औषधि उत्पादकले भने, ‘आत्तिनु पर्दैन छ महिनालाई पुग्ने औषधि नेपालमै छ’

काठमाडौँ, २३ फागुन । नेपाल औषधि उत्पादक संघ(एपोन)ले अहिले देखिएको कोरानाले औषधिका उपलव्धतामा कुनै असर नपर्ने दावी गरेका छन् । उनीहरुले कम्तिमा ६ महिना पुग्ने औषधि नेपालमा रहेको भन्दै उपलव्धतामा तत्काल कुनै असर नपर्ने दावी गरेका हुन् ।

कोरोनाको त्रास र त्यसले औषधि बजार देखा पर्नसक्ने असरको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले भने औषधि उत्पादकसंग कम्तिमा तीन महिनालाई पुग्ने कच्चा पदार्थ छ । यस्तै बजारमा गएको तथा तयारी औषधिको मौज्दात तीन महिनालाई पुग्ने छ । यसले अबको छ महिनासम्म पुरै नाका नै ठप्प भएपनि औषधि उपलव्धतामा अभाव हुँदैन ।

उनले कोरोनाको प्रभाव अबको छ महिनासम्म यहि अवस्था नरहने समेत अनुमान गरे । त्यसबेला सम्म त कोरोनाको पनि व्यवस्थापन हुन्छ होला । त्यसैले आत्तिनुपर्ने अवस्था छैन ।

एपोनका महासचिव विप्लव अधिकारीले नेपालमा ६२ वटा एलोपेथिक औषधि उत्पादन गर्ने कम्पनी सञ्चालनमा रहेको र थप ४२ वटा कम्पनी निर्माण चरणमा रहेको जानकारी दिए । उनले कोरोनाको प्रभावका कारण भारतले २६ वटा उत्पादन र कच्चा पदार्थ निर्यातमा रोक लगाएको भन्दै त्यसका बावजुत नेपालमा औषधिको अभाव नहुने ठोकुवा गरे ।

उनले आम अभिभावकलाई चाहिने भन्दा बढी औषधि खरीद नगर्न समेत अनुरोध गरे । कहिलेकाँही अभाव होला कि भनेर आवश्यकता भन्दा धेरै अनावश्यक रुपमा औषधि खरीद गर्ने चलन छ । यसले यत्तिकै भयावह अवस्था सिर्जना गर्छ । कृतिम अभाव सिर्जना हुनसक्छ । त्यसैले अनावश्यक औषधि खरीद गरेर नराखौँ । औषधि अभाव हुन्न ।

एपोनका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले नेपालमा उत्पादन हुने औषधि अभाव नहुने बताए । उनले अहिले पनि चीनबाट कच्चा पदार्थ आइरहेको भन्दै आम सर्वसाधारणलाई ढुक्क हुन आग्रह गरे ।

उनले भूकम्पका वेला समेत एपोनले औषधि अभाव हुन नदिएको भन्दे देशलाई संकट परेको बेला नेपाली औषधि उद्योगले एक मनले सहयोग गरेको बताए ।

‘….त्यसकारण स्वदेशी औषधि उद्योगलाई प्रवर्धन गरौँ ‘
औषधि अभाव नहुने चर्चा गरिरहँदा एपोनका महासचिव अधिकारीले स्वदेशी उद्योगलाई राज्यका तर्फबाट गर्नुपर्ने प्रोत्साहनमा कमी भएको टिप्पणी गरे ।

‘हामी अहिलेकै अवस्थामा ७५ प्रतिशत आत्म निर्भर हुनसक्छौँ तर राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउनु परयो । तर अहिले हाम्रो मार्केट ४५ प्रतिशतको मात्रै छ,’  उनले भने  ।

उनले विदेशी कम्पनीको भर नहुने भन्दै स्वदेशी उद्योगलाई प्रवर्धन गर्नुको विकल्प नभएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *