‘साथीहरुलाई भनिदिनुस् ! मेरो स्वास्थ्यमा तिब्र सुधार भएको छ, छिट्टै काममा फर्किन्छु’ : प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौँ, २३ फागुन । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तिब्र सुधार भएको बताएका छन् । उनले नियमित काममा समेत छिटै फर्किने जानकारी दिएका छन् ।

त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण पछि राखिने आइसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई भेट्न आज विहान प्रमुख सल्लाहकार विष्णु रिमाल पुगेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले सल्लाहकार रिमालसंग आफ्नो स्वास्थ्यमा सुधार भएको बताएका हुन् ।

केहीबेर अघि रिमालले ट्ीव गर्दै भनेकाछन् – सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्री ज्यूसंग कुरा गर्ने अवसर मिल्यो । ‘साथीहरुलाई भनिदिनुस् मेरो स्वास्थ्य तिब्रगतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु,’ धेरै खुशी लाग्यो । शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै राम्रो सुधार भएको बताए । उनले प्रधानमन्त्रीलाई हिजोबाटै नरम खाना दिन शुरु गरिएको भन्दै आज दिउसोबाट जाउलो दिने तयारी भएको बताए ।

उनले संक्रमण हुने डरका कारण प्रधानमन्त्रीको भेटघाटलाई भने कडाईका साथ रोकिएको बताए ।

निर्देशक डा खड्गाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौँलाको स्वास्थ्य अवस्थामा समेत सुधार आएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “‘साथीहरुलाई भनिदिनुस् ! मेरो स्वास्थ्यमा तिब्र सुधार भएको छ, छिट्टै काममा फर्किन्छु’ : प्रधानमन्त्री ओली

  1. अली दिन आराम गर्नुस मृगौला प्रतिरोपण पछि संक्रमीत हुने डर हुन्छ … धेरै उत्तेजित हुन राम्रो होइन घातक हुन सक्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *